एसकेएम पार्टीको विभिन्न स्थानमा घरदैलो कार्यक्रम शुरू

IMG-20230217-WA0307.jpg

मल्ली: राज्यका मुख्यमन्त्री एवं एसकेएम पार्टीका अध्यक्ष प्रेमसिंह तामाङको मार्गनिर्देशनमा पार्टीका नेतृत्व एवं कार्यकर्ताहरू राज्यका प्रत्येक समष्टिवासीको घर-दैलोमा पुगेर हाल उनीहरूको गुनासो सुन्ने, समस्या बुझ्ने महिनाव्यापी कार्यक्रम जारी रहेको छ। यस क्रममा आज मल्ली समष्टिमा घर-दैलो अभियानको तेस्रो दिन नाम्ची जिल्लाका अध्यक्ष सुश्री अञ्जिता राजालिमको अगुवाईमा रहेको प्रतिनिधि टोलीले लुङचोक कमेरे ग्राम पञ्चायत क्षेत्रका मानिसहरूको घर-घर पुगेर उनीहरूको समस्या सुन्ने साथै सम्भवत समाधानको उचित पहल गरिदिने कार्य गऱ्यो। जिल्ला अध्यक्ष सुश्री राजालिमसँग समन्वयक किशोर तामाङ, डम्बर राई, एन.बी. प्रधान, नरबीर तामाङ, जिल्ला पञ्चायत सदस्य सुश्री नवोमित लेप्चा लगायत मल्ली समष्टिका युवा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

यस प्रतिनिधि टोलीले भ्रमणको क्रममा भेटिएका विरामीहरूको स्थिति बुझेर सोझै जनकल्याण प्रकोष्ठसँग सम्पर्क गरेर उचित उपचारको पहल पनि गरिरहेको अध्यक्ष राजालिमले जानकारी गराइन्। योसँगै सही प्रक्रिया बुझ्न नसक्दा अड़किएका अफिसियल कार्यहरू पनि सम्भवत समाधान गरिने कार्य गरियो। क्षेत्रवासीद्वारा पेश गरिएका विविध समस्याहरूलाई ध्यानपूर्वक सुनेर ती समस्याहरू सम्बन्धित निकायसम्म पुऱ्याएर समाधान गरिदिने प्रतिनिधि टोलीले वचन दिने कार्य गऱ्यो।

घर-दैलो अभियान कार्यक्रमबारे पत्रकारहरूसँग बोल्दै यसअघिका सरकार चुनाउ जितेपछि यसरी मानिसहरूको घर-घर पुगेर उनीहरूको समस्या सुन्ने अनि समाधान गर्ने पहल नगरेको स्मरण गरिन्। तर मुख्यमन्त्री एवं पार्टी अध्यक्ष प्रेमसिंह तामाङको कुशल नेतृत्व, मानवतावादी सोंचको फलस्वरूप हाल सर्वसाधारणको घर-घरसम्म पुगेर गुनासो सुन्ने कार्य भइरहेको अध्यक्ष राजालिमले मन्तव्य पोखिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement