कोलकताः महानगर कोलकतामा अझ एउटा महिला पुलिस थाना स्थापित गरिने भएको छ। कोलकता पुलिस सूत्रहरूले यो महिनाभित्र सर्वे पार्क महिला थाना अस्तित्वमा आउने बताएका छन्। वर्तमानमा कोलकतामा आठ महिला थाना छन् र यसलाई मिलाएर नौवटा थाना हुनेछ। कोलकता पुलिस आयुक्त विनीत गोयलले यसको उद्घाटनलाई हरियो झण्डा देखाएका छन्।
राजीव कुमार कोलकता पुलिस आयुक्त छँदा एक फरवरी, २०१८ मा इस्ट डिभिजनको शुरू भएको थियो। अहिले कोलकता पुलिसमा नौ डिभिजन छ र प्रत्येकमा एक-एक महिला थाना छ। केवल ईस्ट डिभिजनमा कुनै महिला थाना थिएन। अब सर्वे पार्क थानाको शुरूवात भएपछि यो कमी पनि पुरा हुनेछ। थानामा तीन संविदा ड्राइभरसहित ३१ पदलाई स्वीकृति दिइएको छ। यसमा एक इन्स्पेक्टर, पाँच सब इन्स्पेक्टर, पाँच एएसआई र १५ कन्स्टेबल सामेल छन्। यस थानामा केवल महिला पुलिसकर्मीलाई तैनाथ गरिने छ।










