जीर्ण सडक मर्मतको माग गर्दै विरोध प्रदर्शन

vlcsnap-2023-02-17-20h40m05s168

जलपाइगढी: जलपाइगढी- सिलगढी रोड, मोहित नगर, झाबरी मोड, चौरिंगहीमोड क्षेत्रका बासिन्दाहरू धुलोले समस्यामा परेका छन्। जीर्ण सडकका कारण दिनहुँजसो दुर्घटना भइरहेका छन्। यसबाट आक्रोशित स्थानीयले धेरै ठाउँमा सडक अवरुद्ध गरेका छन्। केही घण्टासम्म चलेको सडक अवरुद्धले पुरै सहर नै ठप्प भएको थियो ।तर, पछि प्रशासनको आश्वासनपछि सडकमा पानी खन्याएपछि जाम हटाइएको थियो। लामो समयदेखि धुलोले भरिएको सडकका कारण स्थानीयवासीदेखि पसल व्यवसायी सास्तीमा छन्। स्थानीयले यो सडक छिटो मर्मत गर्न माग गरेका छन्। यो समस्या तत्काल समाधान नभए ठूलो आन्दोलन गर्ने आन्दोलनकारीहरूले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement