मदिरा बिक्रीको विरोध गर्दा एकै परिवारका ६ जनालाई कुटपिट, एफआइआर दर्ता

8b3c3de8-be5f-4f51-94bc-2dce42ad3093

कुचबिहार: तुफानगञ्ज थाना क्षेत्र अन्तर्गत दक्षिण रामपुर क्षेत्रमा बिहीबार राति चार व्यक्तिले रक्सी बिक्रीको विरोधमा एकै परिवारका छ जनालाई कुटपिट गरी सुनका गहना र मोबाइल फोन लुटेका छन्। पीडित परिवारले शुक्रबार बक्सिरहाट प्रहरी चौकीमा यस सम्बन्धमा लिखित उजुरी दिएका छन्। केही दिनअघि उक्त क्षेत्रमा गैर कानून ढङ्गले मदिरा बिक्रेताको विरूद्ध परिवारले विरोध गरेको थियो। यसैलाई लिएर मदिरा बिक्रेतासँग परिवारको झगडा भएको थियो। त्यसैका कारण गएराति मादक अवस्थामा रहेका केही युवाले यस परिवारको घरमा आक्रमण गरेका थिए। परिवारका सदस्यहरूलाई पनि कुटपिट गरेको आरोप छ। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।

About Author

Advertisement