कालचिनीः जयगाउँ र भोटाङ सीमाको प्रवेशद्वार नजीकै रहेको एसएसबी जवानहरूले एकजना भोटाङ नागरिकलाई भोटाङमा निर्मित १२ कार्टून बियरसहित पक्राउ गरेको एसएसबी र आबकारी विभागले जनाएका छन्। प्राप्त जानकारी अनुसार बिहीबार राती फुन्छोलिङ भोटाङबाट गम्टु भोटाङ जानलाई निस्किएको एउटा भोटाङ नम्बरको वाहनलाई जयगाउँतर्फका एसएसबीले जाँच गर्दा उक्त वाहनबाट जम्मा १२ कार्टून बियर जफत गरिएको थियो भने वाहन चालक भोटाङ नागरिकलाई समाएर आबकारी विभाग समक्ष सुम्पिएको थियो।
आबकारी विभागका जयगाउँ प्रभारी सन्दिप दे ले दिएको जानकारी अनुसार अवैद्य रुपमा भारतको सीमाबाट लैजान खोजिएको भोटाङे बियरको वैद्य कागजपत्र नभएकोले नै पक्राउ गरिएको र आरोपीलाई शुक्रबार अलिपुरद्वार जिल्ला अदालतमा पठाएको जनाएका छन्।










