खरसाङ: खरसाङको गाडीधुरावासीले मेजर शहीद दुर्गा मल्लको पूर्णाङ्ग सालिक निर्माण गरेदेखि यसको सुन्दरीकरणको निम्ति उर्जा विभागबाट लाइट जडान हेतु माग गरिरहेका थिए। आज आएर गाडीधुरावासीको यो मांग पूरा हुने भएको छ। जीटीए प्रमुख कार्यपाल अनित कुमार थापाले दिएको वचन पुटूरा गरिदिएका छन्। उर्जा विभागको एमओडी सभासद प्रणाम रसाइलीको फण्डबाट गाडीधुरास्थित दुर्गा मल्लको शालिग सुन्दरीकरण गरिने भएको छ। यसको निम्ति आज सभासद प्रणाम रसाइली, उर्जा विभागका मुख्य अभियन्ता सुरज थापा निरीक्षणको निम्ति गाडीधुरा पुगेका थिए। मुख्य अभियन्ता उर्जा विभागको सुरज थापाले बताए अनुसार दुर्गा मल्लको शालिगलाई सुन्दरीकरण गर्ने कार्यको थालनी चाढ़ै नै शुरु हुने भएको छ जसको निम्ति विभागीय कार्य पूरा भईसकेको र केहिची दिनभित्र नै यसको शिलान्यास गरी काम थालिने जनाएका छन्। यसै गरी सभासद प्रणाम रसाइलीले पनि गाडीधुरालाई उनको पक्षबाट यो सौगात दिएको बताउणदै जुन किसिमले गाडीधुरावासीले मेजर दुर्गा मल्लको भव्य शालिग स्थापित गरेर उदाहरण प्रस्तुत गरेका छन् यसलाई अझ सुन्दर बनाउन अत्यन्त जरुरी थियो। यसै अनुरुप आज जीटीए चिफ् अनित थापाको निर्देशनमा यो कार्य पुरा हुने भएकोमा आफु स्वंयलाई पनि खुशी लागेको बताए। यसै गरू मेरियनबारीस्थित दुर्गा मन्दिर अनि गाउँवासीको सुविधालाई मध्यनजर राखी त्यस क्षेत्रमा पनि लाइट जडान हेतु निरीक्षण गरियो। त्यस क्षेत्रमा पनि चाढै नै लाइट जडान हुने सभासद प्रणाम रसाइलीले जनाएका छन्। गाडीधुरावासीको पक्षबाट अनुप रामुदामुले शहीद मेजर दुर्गा मल्लको शालिग सुन्दरीकरणको निम्ति यो सौगात पाएकोमा जीटीए प्रमुख कार्यपाल अनित कुमार थापालाई धन्यवाद दिएका छन्। यलको साथै सभासद प्रणाम रसाइली, मुख्य अभियन्ता उर्जा विभागको सुरज थापाप्रति आभार व्यक्त गरेका छन्। यस निरीक्षण अवधिमा भागोप्रमो खरसाङ महकुमा समिति सह सचिव संजोग रोका, प्रवक्ता अनुप रामुदामु,गाडीधुरा ब्लकका सभापति सुवास छेत्री, समष्टि सह सचिव कुनाल छेत्री, गाडीधुराका वरिष्ट नागरिक लगायत अन्यहरू उपस्थित थिए।









