मिरिक: गाेर्खाल्याण्ड क्षेत्रीय प्रशासन मिरिक इन्जिनियरिङ विभागद्वरा मिरिक झीलमा शुद्धपानी पठाँउनकाेलागि ३६,३०,४६,८१५ रूपियाँकाे लागतमा निर्माण गरिएकाे स्वेरेज टिटमेन्ट प्लान्ट शुक्रबार मिरिक नगरपालिकालाई जीटीएले हस्तान्तरण गरेकाे छ। शुक्रबार मिरिक नगरपालिका कार्यालयमा भएकाे हस्तान्तरण कार्यक्रममा जीटीए मिरिक थर्बु डुप्टिन समष्टिका सभासद मिलेस राई, सियाेक गाेपालधारा ओकाइटी समष्टिका सभासद धुर्ब बमजनकाे उपस्थितिमा मिरिक इन्जिनियरिङ विभागका एक्जुकेटिभ इन्जिनियर सुर्दशन कुमार छेत्रीले एसटीपी लाइनकाे कागज पत्र मिरिक नगरपालिका अध्यक्ष एलबी राईलाई हस्तान्तरण गरे।यस अवसरमा मिरिक इन्जिनियर विभागका अधिकारीहरू लगायत मुनिसिपल इन्जिनियरिङ डाइरेक्टोरेट(एमइडी) सिलगढीका एसई परितोस मृदा, एक्जिक्युटिभ इन्जिनियर अरुण प्रमिक, इन्जिनियरहरु बिश्वजीत मजिला, सिताराम साह, मिरिक नगरपालिका कार्यलयका इन्जिनियर निमासाङ तामाङ, बडीआमा ममता सुब्बा अनि एसटीपी लाइन निर्माणका ठेका पाएका आदि ग्रिन प्रो इन्जिनियरिङका ठेकेदारहरू टेकेन्द्र जिम्बा, नरेन्द्र करूवा, भुपेन्द्र सुब्बा, राजेन्द्र सुब्बा, सुरेन गुरूङ, ग्यालछेन लामा, प्रकाश घिसिङ आदि उपस्थित थिए। यस अवसरमा बाेल्दै मिरिक नगरपालिका अध्यक्ष एलबी राईले मिरिक झीलकाे संरक्षण र मिरिक नगरपालिका क्षेत्रकाे नाला, झाेडा, फाेहाेरलाई ब्यावस्थपन गर्न उत्तर बंगालमा नै प्रथमचाेटी एसटीपी लाइनकाे निर्माण भएकाे जाे राज्यकाे सबैभन्दा सानाे मिरिक नगरपालिकाले संचालन गर्न पाउनु ठूलाे कुराे रहेकाे बताए।तिनले जीटीएले मिरिक नगरपालिकालाई एसटीपी लाइन हस्तान्तरण गरेपछि यसलाई चाँडै संचालनमा ल्याइनेछ भन्दै एसटीपीकाे संचालनले मिरिक झील अनि झील परिसरकाे वातावरण स्वच्छ बन्नेछ भने।तिनले यसले मिरिकलाई ग्रीनसिटी बनाँउन पनि ठूलाे सहयाेग पुग्नेछ भन्दै मिरिक नगरपालिकालाई एसटीपी लाइन हस्तान्तरण गरेकाेमा जीटीए प्रमुख कार्यापाल अनित थापा,मुख्य सचिव आदिप्रति आभार प्रकट गरे। तिनले मिरिक नगरपालिका क्षेत्र जाे एसटीपी लाइनसित जाेडिएकाे छैन। उक्त क्षेत्रमा पनि एसटीपी लाइनकाे विस्तार गरिने प्रयास भइरहेकाे छ। जसकाे हामीले डीपीआर पनि तयार पारेर सरकार समक्ष बुझाई सकेका छाै भने। जीटीएकाे प्रतिनिधिकाेरूपमा उपस्थित सभासद मिलेस राईले एसटीपी लाइनकाे संचालन मिरिक नगरपालिकालाई हस्तान्तरण गरेकाेमा जीटीए चीफप्रति आभार प्रकट गर्दै मिरिक नगरपालिकाले एसटीपी संचालनमा ल्याँउन थालेपछि मिरिकलाई सफा र स्वच्छ राख्न ठूलाे सहयाेग पुग्नेछ भने।तिनले मिरिककाे विकास र विस्तारमा जीटीएले भविष्यमा पनि धेरै कार्य गर्ने याेजना तयार पारेकाे बताए। मिरिक इन्जिनियरिङ विभागका एक्जुकेटिभ इन्जिनियर सुदर्शन कुमार छेत्रीले मिरिक झीलमा एसटीपी लाइन साथै तीनवटा पीठहरूकाे निर्माण कार्य धेरै अघि समाप्त भएपनि कतिपय तकनिकी कारण मिरिक नगरपालिकालाई हस्तान्तरण गर्न सकिएकाे थिएन। सबै कुराेकाे चाँजाे मिलेपछि शुक्रबार मिरिक नगरपालिकालाई हस्तान्तरण गरिएकाे हाे। जाे चाँडै संचालनमा आउनेछ भने।तिनले एसटीपी लाइनमा हाउस कनेक्सन बाँकी रहेकाे जाे पनि चाँडै पूरा हुनेछ भन्दै मिरिकलाई स्वच्छ राख्न एसटीपी लाइनले महत्त्वपूर्ण भूमिका पालन गर्नेछ भने।यता मुनिसिपल इन्जिनियरिङ डाइरेक्टोरेट(एमइडी) सिलगढीका एसई परितोस मृदाले मिरिक सुन्दर ठाउँ रहेकाे जसलाई सफा र स्वच्छ राख्न एसटीपी लाइन निर्माण गरिएकाे हाे।यति राम्राे कुराे मिरिककाेलागि निर्माण गरिदिएकाेमा म राज्य सरकारप्रति आभार प्रकट गर्दछु भने। मिरिक एसटीपी लाइनका ठेका पाएका ग्रिन प्रो इन्जिनियरिङका ठेकेदार टेकेन्द्र जिम्बाले हामीलाई जुन दायित्व प्रदान गरिएकाे थियाे। निष्ठापूर्वक हामीले दायित्व पूरा गर्दै समय अनुसार नै एसटीपीकाे कार्य समाप्त गरेकाे हाे भने।तिनले २०१७ सालमा निर्माण कार्यमा केही शिथिलता आए पनि समयमा नै काम समाप्त गरेर विभागलाई हस्तान्तरण गरेका थियाै।यति ठूलाे मिरिककाेलागि निर्माण भएकाे याेजना संचालनकाेलागि हस्तान्तरण हुदाँ हामी धेरै खुशी छाै भने।









