बचन दिएर पुरा नगर्दा पाप लाग्छ,त्यसकारण म पापको भागीदारी बन्न चाहन्न: अजय
दार्जीलिङः शिव बस्तीमा हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सलाई भब्य स्वागत गरियो।हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्स आज सुकुना शिव बस्तीको भ्रमण गर्न पुगेका थिए।यस अवधि पार्टी अध्यक्ष अजय एडवाडर्ससँग पार्टी केन्द्रीय महासचिव फुर्तेम्बा भोटिया,सभासद प्रतीम सुब्बा,सभासद रोवर्ड छेत्री,खरसाङ ब्राञ्च कमिटी अध्यक्ष अलफेट तामाङ,सुकुना समष्टि अध्यक्ष मन्दीप लामा,अन्जली शर्मा आदि सामेल थिए।हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्स आज सुकुना शिव बस्तीको भ्रमण आउँदैछ भन्ने स्थानीय बासिन्दाहरूले थाह पाएको हुनाले भब्य स्वागत जनाए।स्थानीय एक सामाजिक संस्थाले आफुहरूको सामाजिक भवनमा लगेर भब्य स्वागत जनाए अनि संस्थाले भोग्दै आएको गुनासोहरू पनि सुनाए।हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले स्थानीय बासिन्दाहरूलाई सम्बोधन गर्ने क्रममा हामी विपक्षीमा नै बसेर भएपनि जनताको सेवा कार्य गर्नेछौँ। आफ्नो पक्षबाट जे जति हुन्छ संस्थालाई सहयोग गर्ने हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले बताए।तिनले अझ भने सहयोग गर्छु भनी सकेपछि सहयोग नगर्दा पाप लाग्छ,जुन पापको भागीदारी म हुन चाहन्न एडवाडर्सले भने।








