कुचबिहार: शुक्रबार, ११ बुँदे मागको साथ उत्तर बंगाल राज्य यातायात कर्मचारी संघको तर्फबाट कुचबिहार डिभिजनल प्रबन्धकलाई ज्ञापनपत्र बुझाए। संगठनको १६औँ महाधिवेशन यही माहिना २६ तारीक बहरामपुरमा हुने भएको छ। यसलाई ध्यानमा राख्दै, उत्तर बंगाल राज्य यातायात कर्मचारी संघले आज कुचबिहार, सिलगढी, रायगञ्ज र बहरामपुर डिभिजनका डिभिजनल प्रबन्धकहरूलाई ज्ञापनपत्र बुझाए। यस सम्बन्धमा उत्तर बङ्गाल राज्य यातायात कर्मचारी युनियनका कुचबिहार डिभिजनका सचिव रञ्जित धरले भने, उनीहरूका धेरै माग छन्, रिक्त पदमा कर्मचारी भर्ना, करारमा काम गर्ने मजदुरलाई स्थायी गर्ने र स्थायी नहुँदासम्म तलब २१ हजारमा बढाउनुपर्छ। उनीहरुले आफ्ना माग पूरा नभए सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्।










