बसबाट तीन करोडको लागुऔषध बरामद, तीन पक्राउ

IMG-20230217-WA0170.jpg

सिलगढी: गोप्य स्रोतबाट प्राप्त जानकारीको आधारमा, सीआईडीले सिलगढीको जलपाई मोर नजिकै बर्धमान रोडमा एउटा बसमा छापा मारेर लगभग २ किलो ७०० ग्राम हेरोइन बरामद गरेको छ। यस घटनामा ३ जना पक्राउ परेका छन्। बरामद लागुऔषधको बजार मूल्य करिब तीन करोड रुपैयाँ रहेको छ। गोप्य स्रोतबाट पाएकाे जानकारीआनुसार, सीआईडीले फलकाटाबाट सिलगढीतर्फ आउँदै गरेको बसलाई जलपाइमोड नजिकै रोकेर सिलगढी पुलिस चौकीको उपस्थितिमा खोजी गरे। खोजीका क्रममा बसको अगाडिको बोनटबाट कार्टुनमा लागुऔषध भेटायाे। यस पछि बस चालकसहित ३ जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा बस चालक मुकुल सरकार, कन्डक्टर समीर शर्मा र खलसी सञ्जय डे रहेका छन्। पक्राउ परेका सबैको घर कुचबिहार जिल्लामा रहेको छ। पक्राउ परेकाहरुलाई भोलि सिलगढी अदालतमा पेश गरिने छ। सीआईडीले सुरुमा बसका कर्मचारीमार्फत लागूऔषध अन्यत्र तस्करी गर्न पठाएको थाहा पाएको थियो। सिआइडीले सबै घटनाको अनुसन्धान थालेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement