एयर इन्डियालाई आउँदो दिनमा ६,५०० भन्दा बढी पाइलटको आवश्यकता पर्ने

Air-India-crew-770x435.webp

नयाँ दिल्ली: निजी क्षेत्रको एयरलाइन्स एयर इन्डियालाई आउँदो दिनमा ६,५०० भन्दा बढी पाइलटको आवश्यकता पर्नेछ। एयरलाइन्स कम्पनीले एयरबस र बोइङबाट ४७० वटा विमान खरिद गर्ने भएको छ। एयरलाइन्सले आफ्नो सञ्चालन र फ्लीट विस्तारका लागि ३७० विमान खरिद गर्ने विकल्पसहित कुल ८४० वटा जहाजको अर्डर दिएको छ। एयरलाइन्स कम्पनीले दिएको यो सबैभन्दा ठूलो विमान अर्डर हो।
स्रोतहरूले शुक्रबार भनेअनुसार टाटा नेतृत्वको एयर इन्डियालाई आगामी समयमा ६,५०० भन्दा बढी पाइलटहरू चाहिन्छ। एयरलाइन्सले आफ्नो सञ्चालन र उडान विस्तारका लागि ३७० विमान खरिद गर्ने विकल्पसहित कुल ८४० वटा विमान अर्डर गरेको छ। हाल एयर इन्डियासँग ११३ विमानहरूको फ्लीट सञ्चालन गर्न लगभग १,६०० पाइलटहरू छन्। जानकारीका अनुसार एयर इन्डिया, एयर इन्डिया एक्सप्रेस, विस्तारा र
एयरएशिया इन्डियासँग २२० वटा विमानको संयुक्त फ्लीट सञ्चालन गर्न ३,००० भन्दा बढी पाइलट छन्।
यो उल्लेखनीय छ, यस हप्ता एयर इन्डियाले फ्रान्सेली विमान निर्माता एयरबससँग २५० विमान खरिद गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ। टाटा सन्सका प्रमुख एन चन्द्रशेखरनले ‘अनलाइन’ बैठकमा सम्झौतामा सहमति जनाएपछि यो जानकारी दिएका हुन्। बैठकमा प्रधानमन्त्री नरेन्द्र
मोदी र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन लगायतको पनि सहभागिता रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement