सिलगढी: गोप्य स्रोतबाट प्राप्त जानकारीको आधारमा, विशेष कार्य बलको कारबाहीमा करिब तीन किलो याबा ट्याब्लेट र ८७८ ग्राम ब्राउन सुगर बरामद गरिएको छ। यस घटनामा पुलिसले तीन जनालाई पक्राउ गरेको छ। बिहीबार नयाँ जलपाईगुडी थाना अन्तर्गत अम्बाडी गजलडोबा नहर रोडमा दिल्ली नम्बर प्लेट भएको एउटा सानो चार पाङ्ग्रे गाडी जफत गरिएको थियो। गाडीको खोजी गर्दा ठूलो परिमाणमा याबा ट्याब्लेट र ब्राउन सुगर फेला परेको हो।

पक्राउ परेकाहरुको नाम शकील अहमद, मोहम्मद शाहजहान र मोहम्मद दीवान हुसेन रहेका छन्। उनीहरु सबै मणिपुरका बासिन्दा हुन्। आरोपीहरूलाई शुक्रबार जलपाईगुडी अदालतमा पेश गरिएको थियो।