१००औं टेस्ट म्याच खेलिने १३औं भारतीय बने चेतेश्वर पुजारा

IMG-20230217-WA0094.jpg

१७ फरवरीः चेतेश्वर पुजाराले दिल्लीको अरुण जेटली स्टेडियममा अष्ट्रेलिया विरुद्ध दोस्रो क्रिकेट टेस्ट म्याचको निम्ति मैदानमा ओर्लिनको साथै एउटा खास उपलब्धि हासिल गरे। पुजारा १०९ वटा टेस्ट म्याच खेल्ने भारतका १४औं क्रिकेटर बने। वर्तमान भारतीय टीममा १०० वटा टेस्ट म्याच खेल्ने पुजारा केवल दोस्रो क्रिकेटर हुन्। यसअघि विराट कोहलीले मार्च २०२२-मा श्रीलंका विरुद्ध मोहालीमा आफ्नो १००औं टेस्ट म्याच खेलेका थिए। संयोगले पुजाराले २०१०-मा अष्ट्रेलिया विरुद्ध नै बेंगलुरुमा टेस्ट पदार्पण गरेका थिए। आफ्नो पदार्पण टेस्टको दोस्रो ईनिंग्समा पुजाराले राहुल द्रविड़भन्दा अघि तेस्रो नम्बरमा ब्याटिंग गर्दै ७२ रन बनाएका थिए। त्यस म्याचमा भारतले २०७ रनको लक्ष्यलाई सफलतापूर्वक हासिल गर्दै सीरीज २-०-ले जितेको थियो। अष्ट्रेलिया विरुद्ध पुजाराको रेकर्ड असल रहेको छ। उनले अष्ट्रेलिया विरुद्ध २१ वटा टेस्ट म्याचमा ५२.७७-को औसतले १९०० रन बनाएका छन्, जसमा ५ वटा शतक र १० वटा अर्द्धशतक सामेल छ।

भारतको तर्फबाट १०० या त्यसभन्दा अधिक टेस्ट म्याच खेल्ने खेलाड़ीहरूः
१) सचिन तेन्दुलकरः २००
२) राहुल द्रविड़ः १६३
३) भीभीएस लक्ष्मणः १३४
४) अनिल कुम्बलेः १३२
५) कपिल देवः १३१
६) सुनिल गावस्करः १२५
७) दिलीप भेंगसरकरः ११६
८) सौरभ गांगुलीः ११३
९) विराट कोहलीः १०५
१०) ईशान्त शर्माः १०४
११) हरभजन सिंहः १०३
१२) वीरेन्द्र सहवागः १०३

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement