दार्जीलिङ: बाटोको निम्ति खनन कार्य गरी दिएकोमा गाउँबासीहरूले एडवाडर्स र बम्जनप्रति जनाए आभार।तकदाह ग्लेनवर्ण समष्टि अन्तर्गत लामा हटटाको वार्ड नम्बर १६मा बाटोको खनन कार्य गरी दिएकोमा स्थानीय गाउँबासीहरूले हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्स अनि क्षेत्रिया सभासद सन्नी बम्जन प्रति आभार जनाएको छ। स्थानीय गाउँबासीको पक्षबाट उज्जवल मोक्तानले पत्रकारहरूसंगको कुराकानीमा हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्स अनि क्षेत्रिया सभासद सन्नी बम्जनलाई धन्यबाद जनाएका छन। मोक्तानले अधि भने स्थानीय गाउँबासीहरूले भोग्दै आएको समस्या हरूलाई ध्यानमा राख्दै क्षेत्रिया सभासद सन्नी बम्जनले जेसीपी पठाई दिएर बाटोको खनन कार्य गरी दिनु भएको छ। लामा हटटा र तकदाह चिया बगानलाई जोडने उदेश्य लिएर खनन कार्यको शुरूवात भएको थियो।हामी गाउँलेहरूले भोग्दै आई रहेको समस्याहरू सभासद सन्नी बम्जन र अजय एडवाडर्स समक्ष राखेका थियौ अनि उनीहरूले हाम्रो अनुरोधलाई स्वीकार्दै बाटोको खनन कार्य गरी दिएकोमा हामी सम्पूर्ण गाउँलेहरूको पक्षबाट आभार जनाउँछौ मोक्तानले भने। स्मरण रहोस हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले पहाडको ग्रामिण क्षेत्रहरूदेखि लिएर शहरीय क्षेत्रहरूमा दुई सय भन्दा धेर बाटोहरूको खनन कार्यहरू गरी सकेका छन।