नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको १५७ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर अब ४,४६,८४,६५९ पुगेकाे छ। विगत २४ घण्टामा कोरोनाले कासैकाे मृत्यु भएन। हालसम्म देशमा यस राेगले मृत्यु हुनेको कुल संख्या ५,३०,७५७ पुगेको छ। यसरी नै यस अवधिमा १२९ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन्। अहिलेसम्म ४,४१,५२,०३९ जना कोरोनाबाट स्वास्थ्य भइसकेका छन्। हाल देशमा कोरोनाबाट निको हुने दर ९८.८१% रहेको छ।
हाल देशमा कोरोनाको सक्रिय मामिलाको संख्या आज कमेर १,८६२ रहेको छ। देशकाे दैनिक सकारात्मकता दर ०.१२ प्रतिशत दर्ता गरिएको छ भने साप्ताहिक सकारात्मकता दर ०.१० प्रतिशत रहेकाे छ।
भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आई.सी. एम. आर) ले दिएको जानकारीअनुसार गत २४ घण्टमा, देशभरी १,२८,५८४ जनाको कोरोना परीक्षणको साथ हालसम्म कुल ९१,७५,१०,७०० जनको परीक्षण भइसकेको छ। यसरी नै, २४ घण्टमा ७,५१३ जनाले कोरोना खोप लगाउनको साथ कुल २२०,६३,२६,९१० जनाले यो खोप लगाइसकेको छन्।