एशियन गेम्समा स्वर्ण पदक विजेता तथा ओलम्पियन फूटबलर तुलसीदास बलरामको निधन

IMG-20230216-WA0208.jpg

१६ फरवरीः एशियन गेम्समा स्वर्ण पदक विजेता भारतीय फूटबल टीमका सदस्य तथा ओलम्पियन तुलसीदास बलरामको लामो बिमारीपछि बिहीवार कलकत्तामा निधन भयो। उनी ८५ वर्षका थिए। बलराम १९५० र १९६०-को दशकमा भारतीय फूटबलको स्वर्णिम पीढ़ीका हिस्सा रहेका थिए, जसमा उनी चुन्नी गोस्वामी र पीके ब्यानर्जी जस्ता दिग्गजहरूसँग खेल्थे। यी तीनजनालाई होली ट्रिनिटी-को नामले पनि बोलाइन्थ्यो। बलरामले विवाह गरेका थिएनन् अनि पश्चिम बंगालको उत्तरपाड़ामा हुगली नदीको किनारमा एउटा फ्ल्याटमा बस्थे। उनलाई गत वर्ष २६ दिसम्बरमा अस्पतालमा भर्ना गरिएको थियो। १९६२-को एशियाडमा स्वर्ण पदक जित्ने भारतीय टीमका सदस्यको मूत्र संक्रमण र पेट सम्बन्धित बिमारीको उपचार चलिरहेको थियो। अर्जुन पुरस्कारले सम्मानित बलरामको जन्म ४ अक्टोबर १९३७-मा सिकन्दराबादको अम्मुगुडा गाउँमा भएको थियो।

अखिल भारतीय फूटबल महासंघ (एआईएफएफ)-ले यस महान फूटबलरको निधनमा तीन दिनको शोक घोषणा गरेको छ। साल १९६०-को रोम ओलम्पिकमा बलरामले असाधारण प्रदर्शन गरेका थिए। त्यस समय भारत ग्रुप अव् डेथ-मा फ्रान्स, हंगेरी र पेरुसँग रहेको थियो। पहिलो म्याचमा भारतलाई हंगेरीले २-१-ले पराजित गरे पनि बलरामले ७९औं मिनटमा गोल गरी इतिहास रचेका थिए। उनले पेरु विरुद्ध म्याचमा पनि गोल गरेका थिए। फ्रान्सलाई पनि भारतले उलटफेर गर्ने नजिक पुऱ्याएको थियो अनि त्यस म्याचमा पनि बलरामको सबैको मन जितेका थिए। अधिकांश समय नै सेण्टर फरवर्ड या लेफ्ट विंगरको रूपमा खेल्ने बलरामले खराब स्वास्थ्यले गर्दा १९६३-मा खेलबाट बिदा लिएका थिए। उनको करियर १९५५-देखि १९६३-बीच आठ सालको रह्यो कारण केवल २७ वर्षको उमेरमा क्षयरोगले गर्दा उनले आफ्नो करियर समाप्त गर्नु परेको थियो। उनी १९५८-को एशियाड र १९५९-को मर्डेका कपमा पनि भारतीय टीमको हिस्सा रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement