सीबीआईद्वारा अणुव्रतसँग सोधपुछ

1619522351_anubrata.png

कोलकाता: बीरभूम जिल्लाको तृणमूल नेता अणुव्रत मण्डलसँग एकपल्ट फेरि केन्द्रिय अन्वेषण ब्यूरो (सीबीआई) को टीमले सोधपुछ गरेको छ।बिहिवार सीबीआई अधिकारीहरूको एक दल आसनसोल सेण्ट्रल जेल पुगेर उनीसँग लगभग १० घण्टासम्म सोधपुछ गरे। बीरभूम जिल्लाको सिउडीस्थित सहकारी ब्याङ्कमा तीन सयभन्दा धेरै बेनामी खाताको बारेमा जानकारी प्राप्त भएको छ। यसै क्रममा अणुव्रतसँग सोधपुछ गरिएको हो। सूत्रहरू अनुसार, जति पनि बेनामी खाताहरू पाइएका छन्, सबै अनुव्रत मण्डलका आफन्तहरूको नाममा छन्। मृत्यु भइसकेको व्यक्तिको नामको पनि खाता रहेको बताइएको छ। यी विषयहरूमाथि केन्द्रिय एजेन्सीका अधिकारीहरूले अनुव्रतसँग सोधपुछ गरेका छन्। उनको बयान पनि रेकर्ड गरिएको छ। सिउडीको सहकारी ब्याङ्कमा ३०० भन्दा धेरै बेनामी खाता बारेमा जानकारी प्राप्त भएको छ। यी खाताहरूको माध्यमद्वारा करोडौं रूपियाँको लेनदेन भएको छ। गाईवस्तु र कोइला तस्करीबाट प्राप्त पैसा यी खाताहरूको माध्यमद्वारा कालोलाई सेतो बनाउने काम गरिएको आशंका छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement