कोलकाता: पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले प्रधानमन्त्री आवास योजनासहित अन्य केन्द्रिय योजनाहरूको फण्डिङ रोकिएको र हिसाब मागिएको विषयलाई लिएर पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले कड़ा टिप्पणी गरेकी छन्। बिहिवार पूर्व मेदिनीपुरको जंगलमहलमा उनले भनिन्, आवास योजनाको रूपियाँ केवल प्रधानमन्त्रीले पठाउँदैन, राज्य सरकार पनि हिस्सेदार हो। केन्द्रले पश्चिम बंगालबाट जीएसटी उठाएर लैजान्छ र त्यही पैसा हामीले पाउँछौ। तर, त्यो पनि दिएको छैन। बंगालका धेरै ग्रामीण सडकहरूको स्थिति सोचनीय छ। यसको मरम्मतिका लागि पैसाको खाँचो छ। नियमानुसार केन्द्रले सडकहरूको मरम्मतिका लागि पैसा पठाउँछ, तर दिइएको छैन। आवास योजनाको निम्ति पैसा दिइएको छैन। यस कारण मानिसहरूलाई निकै समस्या भइरहेको छ।राज्यको विपक्षी भाजपा नेताहरूमाथि टिप्पणी गर्दै ममताले भनिन्, बंगालबाट भाजपाका नेताहरू दिल्ली गएर आवास योजनाको पैसा रोक्न लगाइरहेका छन्। ममताको शासनमा घरहरू बनिए कुन आधारमा भोट माग्ने भनेर कुरा गरिरहेका छन्।