पूर्व विधायक जाटू लाहिडीको निधन

JATU.jpg

हावड़ा: पश्चिम बंगालको हावड़ा जिल्लाको शिवपुरका पूर्व विधायक जाटू लाहिड़ीको निधन भएको छ। शिवपुरको अम्बिका कुंडू बाई लेनस्थित आफ्नो घरमा बिहिवार बिहान उनले ८७ वर्षको उमेरमा अन्तिम सास लिए। उनले आफ्नो राजनीतिक जीवनको शुरूवात कांग्रेसबाट गरेका थिए। पहिलोपल्ट १९९१ सालमा शिवपुर निर्वाचन क्षेत्रबाट चुनाउ लड़ेका थिए र विधायक निर्वाचित भएका थिए। तृणमूल बनेपछि उनले कांग्रेस छोडेको थियो। उनी पाँचपल्ट शिवपुर विधानसभा क्षेत्रबाट विधायक निर्वाचित भए। उनी २०२१ मा तृणमूल त्यागेर भाजपामा सामेल भएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement