मंगन: उत्तर जिल्लाको मंगनमा भूस्खलनको न्यूनीकरण सम्बन्धी कार्यशाला सिक्किम राज्य आपदा प्रबन्धन प्राधिकरण, भू-राजस्व एवं आपदा प्रबन्धन विभागको संयुक्त पहलमा आयोजना गरियो। पेन्टोकस्थित जिल्ला प्रशासनिक केन्द्रको प्रेक्षागृहमा आयोजित यस कार्यशालामा भू-राजस्व एवम आपदा प्रबन्धन विभागका सचिव अनिल राज राई, मंगन जिल्लाका जिल्लापाल हेम कुमार छेत्री लगायत अन्य अधिकारीवर्गको पनि उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै सचिव अनिल राज राईले यस योजनलाई सफलतापूर्वक सम्पन्न गराउनमा संलग्न अधिकारीहरूप्रति कृतज्ञता प्रकट गर्दै बधाई दिए। उनले राज्यमा यस प्रकारको पहिलो पल्ट यस प्रकारको पहल भएको बताए। यस प्रकारको कार्यक्रम राज्यका अन्य जिल्लाहरूमा पनि आयोजना गरिनु पर्ने आवश्यकता रहेको उल्लेख गरे।