बहुचर्चित सांसद नुसरत पाँच सालपछि एक्टिभ भइन्

jahan20210826162531.jpg

कोलकाता: बांग्ला फिल्म इण्डस्ट्रीकी एक सुन्दर अभिनेत्री नुसरत जहांले लोकसभा चुनाउको टिकट पाएपछि उनी चर्चामा आएकी थिइन्। पति निखिलसँग सम्बन्ध विच्छेद, एक अन्य अभिनेतासँग अवैध सम्बन्ध र छोराको जन्मपछि उसको पिताको नामलाई लिएर चर्चामा रहेकी अभिनेत्री नुसरत आफ्नो संसदीय क्षेत्रबाट पूर्ण रूपमा हराएकी थिइन्। तर, अब २०२४ को चुनाउ नजिक आइरहेको छ भने उनको जीवनका कथाहरू पनि पुराना भइसकेका छन्। यस कारण उनी एकपल्ट फेरि आफ्नो संसदीय क्षेत्रमा एक्टिभ भएकी छन्। बसीरहाट कलेजमा बिहिवार एक कार्यक्रम आयोजन गरियो, जसको खर्च नुसरतले वहन गरिन्।पुलिस सूत्रहरू अनुसार, नुसरतले आफ्नो संसदीय क्षेत्रमा ठाउँ- ठाउँमा सुन्दरीकरणको कार्य शुरू गर्ने निर्देश दिएकी छन्। यस कार्यक्रमको माध्यमद्वारा उनी एकपल्ट फेरि आफ्नो संसदीय क्षेत्रमा जानेछिन् र पार्टी पदाधिकारीहरूसँग बैठक गर्नेछिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement