गान्तोक: मुख्यमन्त्री पीएस गोलेको मार्गनिर्देशनमा राज्यवासीको समस्या बुझेर उचित समाधान गर्ने उद्देश्यले शुरु गरिएको घर दैलो अभियानअन्तर्गत आज तादोङका विधायक जीटी ढुंगेलले लुम्से क्षेत्रको भ्रमण गरे। यस अवधि विधायक ढुंगेलसँग क्षेत्रका एसकेएम प्रतिनिधिहरूको सहभागिता रहेको थियो। विधायक ढुंगेलले क्षेत्रवासीको गुनासो सुन्दै आवश्यकताको आधारमा ती मागहरू पूरा गरिदिने वचन दिए। आजको यस भ्रमण कार्यक्रममा विधायक ढुंगेलसँग सल्लाहकार मनोज कुमार प्रधान, पार्षद मिलन गौतम, नारी संयोजिका श्रीमती बीणा छेत्री, नारीशक्ति, युवाशक्तिका प्रतिनिधिहरू लगायत अन्यको उपस्थिति रहेको थियो।