नाम्ची। रिजर्व ब्याङ्क अफ् इण्डिया, गान्तोकको आयोजनमा नामथाङ खण्ड प्रशासनिक केन्द्रमा वित्तीय साक्षरता सप्ताह २०२३ पालन गरियो।
कार्यक्रममा उप-निदेशक महेन्द्र तिमसिना, नामथाङका खण्ड विकास अधिकारी योगेन स्याङ्देन, रिजर्व ब्याङ्क अफ् इण्डियाका प्रबन्धक क्याप्टन उत्तम कुमारको उपस्थिति रहेको थियो।
आरबीआईका प्रबन्धक उत्तम कुमारले वित्तीय साक्षरताको लक्ष्य अनि उद्देश्यबारे प्रकाश पार्दै सहभागीहरूलाई यसलाई हरेक पक्षमा उपयोग गर्न उत्प्रेरित गरे। यसरी नै नामथाङका खण्ड विकास अधिकारी योगेन स्याङ्देनले आरबीआईको टोलीलाई नामथाङ ब्लकका जनतासम्म पुगेकोमा धन्यवाद व्यक्त गर्दै सहभागीहरूमा वित्तीय साक्षरताको महत्त्वबारे जोर दिए। भविष्यमा यस्ता वित्तीय सचेतन कार्यक्रम नामथाङ खण्डभरि नै आयोजन गरिने उनले आश्वासन दिए। कार्यक्रममा नामथाङ खण्ड प्रशासनिक केन्द्रका सदस्यहरूले सक्रिय रूपमा सहभागिता जनाएका थिए।