गान्तोक: दक्षिण जिल्लाको नाम्चीस्थित जिल्ला प्रशासनिक केन्द्रमा भारतीय मानक, गुणस्तरीय नियन्त्रणमाथि एक दिवसीय सचेतना कार्यक्रम आयोजना गरियो। भारतीय मानक ब्यूरो, उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण, भारत सरकारद्वारा आयोजित यस कार्यक्रममा नाम्ची जिल्लाका अतिरिक्त जिल्लापाल अनन्त जैन रहेका थिए। कार्यक्रममा सहभागीहरूले भारतीय मानक र गुणस्तर नियन्त्रण आदेशहरूको महत्त्वबारे आफ्नो ज्ञान र अनुभव साझा गर्दै उत्पादन र सेवाको गुणस्तर कायम राख्नुपर्ने बारे प्रकाश पारे।
टोलीले बीआईएस मोबाइल एपबारे जानकारी गराउँदै यस एपबारे अझ जानकारी हासिल गर्नको निम्ति तालिम पनि प्रदान गरियो। यस कार्यक्रम अन्तर्गत प्रयोगकर्ताहरूलाई उत्पादन जाँच गर्न र उत्पादनको विवरण र स्थानीयहरूमाझ पुऱ्याउन र यसलाई प्रमाणित गर्न सक्षम बनाउनेछ। यस एपले उपभोक्ताहरूलाई सूचित निर्णय गर्न र नक्कली उत्पादनहरू किनबेचको जोखिम कम गर्नमा सहयोग पुऱ्याउने छ।