गान्तोक: सिक्किमका नव नियुक्त राज्यपाल लक्ष्मण प्रसाद आचार्यले आज गान्तोक राजभवनमा विधिवत् रूपमा सिक्किमका १७औं राज्यपालको रूपमा शपथ ग्रहण गरे। उनलाई सिक्किम उच्च न्यायालयका मुख्य न्यायाधीश न्यायमूर्ती विश्वनाथ सोमाद्दरले पद अनि गोपणीयताको शपथ ग्रहण गराए।
राज्यपाल लक्ष्मण प्रसाद आचार्य १७औं राज्यपाल बनेका छन् भने यस अघि पूर्व राज्यपाल गंगा प्रसादको कार्यालय गत १२ फरवरीका दिन समाप्त भएको थियो। गंगा प्रसादले २६ अगस्त २०१८ देखि सिक्किमका राज्यपालको रूपमा कार्यरत रहेका थिए।
नव नियुक्त राज्यपाल आचार्यको सम्ममानमा सिक्किम पुलिसका जवानहरूले गार्ड अफ् अनर दिएका थिए भने शपथ ग्रहण समारोहमा मुख्यमन्त्री प्रेमसिंह तामाङ, विधानसभा अध्यक्ष, मन्त्री परिषद्, सिक्किम उच्च न्यायालयका न्यायामुर्तीहरू, भाजपाका अध्यक्ष तथा विधायक डी आर थापा, विधायकगण, सरकारी अधिकारीहरू लगायत अन्यहरूको उपस्थिति रहेको थियो।