खरसाङ: खरसाङका भाजपा विधायक बीपी बजगाईले पश्चिम बंगालको विधान सभामा राखिएको बजेटलाई प्रेरणाहीन, अवास्तविक र अव्यवहारिक भनी आरोप लगाएका छन्। आज बंगाल विधान सभामा राज्यको वित्त मन्त्रीद्वारा राखिएको वित्त बजेट २०२२-२३ माथि बोल्दै खरसाङका विधायक बीपी बजगाईले बजटमा चियाबारीमाथि अढाई पेज लेखिएको छ अनि आफु पनि ८० प्रतिशत बगान क्षेत्रबाट भएकोले बजेटमा फउलाईको कुरा उठाइएको छ जसमा बगान बन्द भएको एक वर्षपछि एक परिवारलाई मासिक १५०० प्रदान गरिन्छ जुन अहिलेको मंहगाईमा कठिनाई हुन्छ अनि चियाबारी श्रमिकहरूका पेट ढुंगाको बनिएको हुँदैन भनी आफ्नो प्रतिक्रिया दिएका छन्। उनले राज्य सरकार श्रमिकहरूको अभिभावक नभएर मालिकवर्गको अभिभावक बनेर खड़ा भएको कारण बजेटमा चियाबारीको मालिकवर्गलाई करको छुट दिएर फउलाईको रूपियाँ १५०० रुपियाँ दिइएको छ जुन श्रमिकहरूका हितमा छैन भनी आरोप लगाएका छन्। उनले वित्त मन्त्रीले बजेटमा अढाई पेज चियाबारी विषयमा लेखेको तर कतै पनि सिन्कोना बगानको उल्लेख नगरिएको आरोप लगाउँदै यसबाट बुझिन्छ कि सरकारले सिन्कोना बगानलाई उपेक्षित गरिएको आरोप लगाएका छन्। खरसाङका विधायक बीपी बजगाईले बजेटमाथि बोल्दै आफ्नो १५ मिनटको वक्तव्यमा अघि भने, “बजेटमा गृह अनि पहाड़ मामिला भनेर भनिएको भए पनि केवल गृहको चर्चा छ तर पहाड़को कुनै चर्चा छैन। राज्य सरकारको बजेटमा सिभिक भोलेन्टीयर्सहरूको पीएफ र ग्राजुएटी विषयमा कुनै चर्चा छैन तर केवल सिभिकहरूलाई केवल सेवा गर्न लगाएका छन्।”
विधायक बीपी बजगाईले विधायक उन्नयन प्रकल्पमा वार्षिक राशिलाई ६० लाखबाट ७० लाख बनाएकोमा खुशी व्यक्त गरे तर अहिलेसम्म पहिलो छ महिनाको विधायक उन्नयन प्रकल्पको पनि कुनै काम नभएको आरोप लगाएका छन्। उनले धनराशि बढ़ाउन मात्र होइन तर विधायक उन्नयन प्रकल्पलाई व्यवहारिक रूपमा कार्यमा परिणत गर्न पनि सरकार सक्षम हुन पर्ने मांग गरेका छन्। विधायक बजगाईले अझ भने,”चियाबारी क्षेत्रमा पट्टा दिलाउने कुरामा चियाबारीको अयोग्य श्रमिकहरूलाई प्रदान गरिने भनिएको छ अनि चियाबारीमा अयोग्य श्रमिकहरू चैं को हुन्? उद्योग बुँदामा पनि वित्त मन्त्रीले रोजगारको उल्लेख गरेका छन् अनि राज्यमा बेरोजगारको दर ५ प्रतिशत छ तर हाम्रो छिमेकी राज्य उडिस्सामा बेरोजगार दर केवल एक प्रतिशत छ। त्यसैले यो बजेट बेरोजगारी क्षेत्रमा विफल देखिन्छ।”
प्रधानमन्त्री आवास योजना अन्तर्गत मिरिक नगरपालिकामा हाउजिङ्ग फर अलमा पैसा मागिएको पनि उल्लेख विधायक बीपी बजगाईले गर्दै दोष दिएको होइन तर कामको निगरानी राम्रोसितले गर्नु पर्ने मांग गरेका छन्। उनले राज्य सरकारले राखेको वित्त बजेट प्रेरणाहीन, अवास्तविक र अव्यवहारिक रहेको बताएका छन्।