कोलकाता: पश्चिम मेदिनीपुरको भ्रमणमा रहेकी मुख्यमन्त्री ममता ब्यानर्जीको लस्करअघि एक्कासी सबै सुरक्षा व्यवस्थालाई बेवास्ता गर्दै एक महिला मुख्यमन्त्रीको अगाडि पुगिन्। जसका कारण केहीबेर घटनास्थलमा भागदौड हुने अवस्था भएको थियो। एक्कासी मुख्यमन्त्रीको गाडी पनि रोकियो। मुख्यमन्त्री गाडीको अगाडिको सिटमा बसेकी थिइन्। तर, मुख्यमन्त्रीले गाडीको सिसा तल झारेर महिलासँग कुरा गरिन्। दिउँसो मुख्यमन्त्री सर्किट हाउसबाट पश्चिम मेदिनीपुर जिल्ला प्रशासन कार्यालयतर्फ जाँदै गरेको प्रशासनिक स्रोतले जनाएको छ। सडकको दुवै छेउमा डोरीका ब्यारिकेडहरू बनाइएको थियो, जसमा मानिसहरूलाई छेउमा राख्न ठूलो संख्यामा पुलिस तैनाथ गरिएको थियो। अचानक एउटी महिला पुलिसको नजरबाट जोगिएर बाटोमा उभिइन्। मुख्यमन्त्रीको लस्करमा उपस्थित सुरक्षाकर्मीले उनलाई देख्ने बित्तिकै सबै रोकिएतर, उनी सिधै मुख्यमन्त्रीको गाडीको अगाडि उभिइन्।