पुस्तक मेलामा पुगे अजय एडवाडर्स

00-1-Ajay-Edwards-Book-Fair-1IMG-20230216-WA0180

दार्जीलिङ: लेखक, साहित्यकार, कविहरूलाई प्रोत्साहन दिन हाम्रो पार्टीका अध्यक्ष अजय एडवाडर्सले पूस्तक मेलामा पुगे। गोर्खा रंगमंच भवन परिसरमा जिल्ला पुस्तकालय विभाग साथै लोकल लाइब्रेरी अथोरिटी जीटीएको आयोजनामा पुस्तक मेला भइरहेको छ। बिहीबार बिहान हाम्रो पार्टीका अध्यक्ष अजय एडवाडर्स पुस्तक मेलामा पुगे। उनीसँग सभासद रोबर्ट छेत्री र अन्जली शर्मा आदि उपस्थित थिए। पूस्तक मेलाको प्रत्येक पुस्तक स्टलहरूमा अजय एडवाडर्सले भ्रमण गरे। यसै अवधि पत्रकारहरूसँग कुराकानीमा अजय एडवाडर्सले भने, ‘हाम्रो नेपाली भाषाका लेखक एंव साहित्यकारहरू पनि अन्य भाषाको लेखक एंव साहित्यकारहरू भन्दा कम छैनन्, हाम्रा लेखक एंव साहित्यकारहरूले पनि राम्रो राम्रो लेख एंव साहित्य पुस्तकहरू लेखेका छन्l तर अफ्सोस् हाम्रा प्रतिभाहरूले पाउन पर्ने प्रोत्साहन पाएका छैनन्  जस्तो मलाई लाग्छl’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement