सिलगढी: बिहीबार बिहान, गोप्य स्रोतहरूबाट प्राप्त सूचनाको आधारमा विधान नगर पुलिस थानाले सिलगढी जिल्ला परिषदअन्तर्गत फणसीदेवा ब्लकको मुरलीगञ्ज चेक पोस्टमा छापा मार्यो। त्यसपछि त्यहाँ एउटा ट्रक नियन्त्रणमा लिएर खोजी गर्दा २२ गाई बरामद भएको थियो। यस घटनामा विधाननगर पुलिसले एकजनालाई पक्राउ गरेको छ। पक्रा पर्नेको नाम ३१ वर्षीय सिराजुल हक बताइएको छ। उनी असमका बासिन्दा हुन्। विधाननगर पुलिस थानाका स्रोतका अनुसार ट्रकबाट २२ वटा गाई बरामद गरिएको छ। यी गाईहरू बिहारबाट बङ्गलादेश हुँदै असम तस्करी भइरहेको थियो। बिहीबार आरोपीलाई सिलगढी डिभिजनल अदालतमा पेश गरियो। घटनामा अन्य को को संलग्न छन् भन्ने विषयमा अनुसन्धान भइरहेको स्रोतले जनाएको छ।