केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पीयुष गोयल तीन दिवसीय सिक्किम भ्रमणमा

00-1-WhatsApp-Image-2023-02-16-at-5.40.00-PM

गान्तोक: केन्द्रीय वाणिज्य तथा उद्योग, उपभोक्ता मामिला, खाद्य तथा नारिक वितरण अनि कपड़ा मन्त्री पीयुष गोयल १७ देखि १९ फरवरीसम्म तीन दिवसीय सिक्किम भ्रमणको निम्ति शुक्रबार (१७ फरवरी) गान्तोक आइपुग्नेछन्। शुक्रबार उनले टाशीलिङ सचिवालयमा सिक्किम सरकारका अधिकारीहरूसित समीक्षा बैठक गर्नेछन् भने त्यसपछि सिक्किम च्याम्बर अफ कमर्स एवं इण्डस्ट्रीका प्रतिनिधिहरूसित अन्तर्क्रियामा भाग लिने कार्यक्रम रहेको छ। यसपछि उनले आईसीएआई सिक्किम शाखाका प्रतिनिधिहरूसित पनि अन्तर्क्रिया गर्नेछन्। यस अतिरिक्त उनले राज्यका राज्यपाल एवं मुख्यमन्त्रीसित सौजन्यमूलक भेट गर्ने कार्यक्रम रहेको छ।
यसै गरी १८ फरवरीको दिन उनले एसएमआईटी, रम्फूको भ्रमण गर्दै स्टार्टअफ संस्थापक तथा विद्यार्थीहरूसित अन्तर्क्रिया पनि गर्नेछन् भने दिउँसो उनले सोरेङ जिल्लाअन्तर्गत बुदाङ एफपीएस, थर्पुमा जल जीवन मिशनअन्तर्गत निर्माणाधीन परियोजनाहरूको निरीक्षण साथै स्थानीय पञ्चायत एवं आम जनतासित अन्तर्क्रिया गर्नेछन्। यसपछि उनको पश्चिम सिक्किममा आकाङ्क्षी जिल्लाअन्तर्गत भइरहेको प्रगतिमाथि जिल्लाका अधिकारीहरूसित समीक्षा बैठक गर्ने कार्यक्रम निर्धारित छ। उनी १९ फरवरी २०२३ को दिन दिल्ली फर्किनेछन्। -पीआईबी

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement