दुई दिने अन्तरजिल्ला खेलकुद प्रतियोगिता सम्पन्न

IMG-20230216-WA0167.jpg

उत्तर दिनाजपुर: प्रदेश उच्च शिक्षा विभागको आर्थिक सहयोगमा इस्लामपुर कलेजमा चलिरहेकाे दुईदिने अन्तरजिल्ला खेलकुद प्रतियोगिता बिहीबार समापन भएको छ। विभिन्न खेलकुद प्रतियोगितामा उत्तर दिनाजपुर र दक्षिण दिनाजपुरका कुल ९ कलेजले भाग लिएका थिए। कलेज टीआईसी काजल रञ्जन विश्वासले बुधबारदेखि खेल सुरु भएको बताए। दौड, हाईजम्प, लङ जम्पलगायत १० विभिन्न प्रतियोगितामा १६५ विद्यार्थीले भाग लिएका थिए। दुई इभेन्टमा कुल ८ टोलीको सहभागिता रहेको थियो। कलेजको खेलकुद समितिका संयोजक डा. अभिजित सूत्रधरले दुई दिने खेलकुद कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको बताए। प्रत्येक इभेन्टमा प्रथम हुने र फुटबल तथा खोखो प्रतियोगिताका फाइनल विजेताले यहाँबाट प्रत्यक्ष रूपमा राज्यस्तरीय प्रतियोगितामा सहभागिता जनाउनेछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement