१६ फरवरीः दक्षिण अफ्रिकामा जारी आईसीसी महिला टी२० वर्ल्ड कपमा भारतीय टीमले लगातार दोस्रो जीत दर्ता गऱ्यो। भारतले आफ्नो दोस्रो म्याचमा वेष्ट इण्डिजलाई ६ विकेटले पराजित गऱ्यो। हरमनप्रीत कौरकी कप्तानीमा रहने टीमले यसअघि आफ्नो पहिलो म्याचमा पाकिस्तानलाई ७ विकेटले पराजित गरेको थियो। केपटाउनको न्यूल्याण्ड्समा खेलिएको म्याचमा टस जितेर पहिला ब्याटिंग गर्दै वेष्ट इण्डिजले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ११८ रनको स्कोर बनायो। ओपनर स्टाफानी टेलरले सर्वाधिक ४२ रन बनाइन्। यसबाहेक शेमाइन केम्पबेलेले २०, छेडीन नेशनले अविजित २१ र शाबिका गजनबीले १५ रनको योगदान दिइन्। भारतीय बलरहरूमा दीप्ति शर्माले सर्वाधिक ३ विकेट हासिल गरिन्। यसबाहेक रेणुका सिंह र पूजा वस्त्राकरले १-१ विकेट हासिल गरिन्।

जवाफमा भारतले विकेटकीपर रिचा घोषले ३२ बलमा पाँचवटा चौकाको साथ बनाएकी अविजित ४४ रनको सहायताले ११ बल बाँकी रहँदै ४ विकेट गुमाएर ११९ रनको लक्ष्यलाई हासिल गऱ्यो। रिचा बाहेक कप्तान हरमनप्रीतले ३३ र ओपनर शेफाली वर्माले २८ रन बनाइन्। महिला प्रीमियर लीगको लिलामीमा सर्वाधिक राशि (३.४० करोड़)-मा बिक्री हुने स्मृति मन्धनाले केवल १० रन बनाउन सकिन्। वेष्ट इण्डिजकी बलरहरूमा करिश्मा रामहाराकले २ विकेट हासिल गरिन्।