सिलगढी: पुलिसले सिलगढी युवा हत्या प्रकरणमा एनजेपी क्षेत्रका पिन्टु महन्त नामका युवकलाई पक्राउ गरेको छ। पक्राउ परेका अभियुक्तले पुलिसको सोधपुछमा हत्यामा आर्थिक लेनदेन रहेको बताए। उल्लेखनीय छ, टोटो चालक टिंकु सरकारको एनजेपीको शहीद कालोनी क्षेत्रबाट मंगलबार राति रगतले लतपतिएको शव फेला परेको थियो। टिंकु मंगलबार राति घरमै रहेको मृतककी श्रीमतीले बताइन्। राति करिब ९ बजे उनलाई कसैले फोन गर्यो। त्यसको केही समयपछि घरबाट सय मिटर टाढा रगतले उनको लतपतिएको शव भेटियो। सोही रात एनजेपी थानाको पुलिसले सोधपुछका लागि कैयौंलाई नियन्त्रणमा लिएको थियो। पुलिसले मृतकको मोबाइल फोनको कल लिस्ट र इलाकाको सीसीटीभी फुटेज जाँचेर पिन्टु महन्तलाई पक्राउ गरेको हो। पक्राउ परेका अभियुक्तलाई पुलिस हिरासतका लागि जलपाईगुडी अदालतमा पेश गरिने पुलिसले जनाएको छ।