सिलगढी: लामो समयदेखि नदीहरूबाट बालुवा उत्खनन बन्द हुँदा निर्माण मजदुरहरू समस्यामा परेका छन्। यसको विरोधमा सिटुसँग आबद्ध दार्जिलिङ जिल्ला निर्माण मजदुर युनियनले बिहीबार सिलगढी महाकुमाको नक्सलबारीमा र्याली निकालयाे र बीडीओ कार्यालय पुगेर बीडीओलाई ज्ञापनपत्र बुझाएर नदीघाट खोल्न माग गरे। यस क्षेत्रका विभिन्न खोलाबाट रातको अँध्यारोमा अवैध रूपमा बालुवा उत्खनन भइरहेको उनीहरुको आरोप छ। तर नदी आधिकारिक रूपमा बन्द छ।