गान्तोक: सिक्किमका पूर्व राज्यपाल गंगा प्रसादले आफ्नो कार्यकाल पूरा गरेपछि बुधाबार राज्यलाई बिदाइ गरे। प्रस्थान गर्नुअघि, उनले सिक्किमका नवनियुक्त राज्यपाल, लक्ष्मण प्रसाद आचार्यसित भेट गरे। रम्ङ्गूको पर्यटक सूचना केन्द्रमा उक्त भेटभएको थियो। पूर्व राज्यपाललाई थर्ड आईआरबी बटालियनले गार्ड अङ्ग अनर दिएको थियो। स्मरण रहोस्, पूर्व राज्यपाल गंगा प्रसादको कार्यकाल केही दिन अघि पूरा भएको थियो।