रोरिङ लियोपार्ड एफसीद्वारा थण्डरबोल्ट नर्थ युनाइटेड पराजित

IMG-20230216-WA0003.jpg

गान्तोक: आज थण्डरबोल्ट नर्थ युनाइटेड र रोरिङ लियोपार्ड एफसीबीच खेल सम्पन्न भयो। पाल्जोर स्टेडियममा खेलाइएको खेलमा ग्रामीण विकास विभाग मन्त्री सोनाम लामा मुख्य अतिथि र पूर्व फुटबल खेलाड़ी देवेन्द्र गुरूङ विशिष्ट अतिथि थिए।आजको खेलमा रोरिङ लियोपार्ड एफसीले प्रतिद्वन्दी दल थण्डरबोल्ट नर्थ युनाइटेडलाई ३-१ गोलले पराजित गर्यो। रोरिङ लियोपार्ड एफसीका खेलाड़ी हेरिसन मार्कले ह्याट्रीक गरेवापत हिरो अफ् द म्याच चयन गरियो भने अभिजित सुब्बालाई इमरजिङ प्लेयर अवार्ड प्रदान गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement