गान्तोक: पूर्व विधायक परिसङ्घ सिक्किमले पनि आगामी २० फरवरीको दिन सिङ्गताममा सत्तारुढ़ सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले आयोजना गरेको विजय उत्सवमा मुख्यमन्त्री पीएस गोलेलाई अभिनन्दन जनाउने भएको छ। आजको बसेको परिसङ्घको एउटा बैठकले यो निर्णय लिएको महासचीव टी डब्ल्यू बस्नेतले जानकारी गराएका छन्। उनले बताएअनुसार आजको बैठले दुईवटा प्रस्ताव पारित गरेको छ जसमा सिक्किमे नेपालीहरूमाथि लागेको विदेशीको दागलाई सधैंको निम्ति हटाएको ठहर गर्दै यसमा मुख्यमन्त्री पीएस गोलेको भूमिकाको मुल्याङ्कण गर्दै अभिन्नदन जनाउने प्रमुख रहेको छ। यसको साथै मुख्यमन्त्री पीएस गोलेको केन्द्र सरकारसितको सुमधुर सम्बन्धकै कारण यति छिटो नेपालीहरूमाथि लागेको विदेशीको दाग हटेको कुरालाई पनि आजको सभाले प्रस्तावको रुपमा पारित गरेको महासचिव बस्नेतले थप जानकारी गराएका छन्।