कोलकाता: पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जीले प्रतिपक्ष नेता शुभेन्दु अधिकारीको अनुपस्थितिमा नै मुख्य सूचना आयुक्तको नियुक्तिको घोषणा गरिन्। उनले संसदीय कार्य मन्त्री शोभनदेव च्याटर्जीसॅंग बैठक गरिन् र पूर्व पुलिस महानिदेशक वीरन्द्र कुमारलाई राज्यको मुख्य सूचना आयुक्त घोषणा गरिन्। संवैधानिक नीतिअनुसार नेता प्रतिपक्ष, मुख्यमन्त्री र संसदीय कार्य मन्त्री मिलेर सो निर्णय लिने गरिन्छ। बुधबार तीनजनाको बैठक प्रस्तावित थियो, तर विधानसभामा हुने उक्त बैठकमा शुभेन्दु सामेल भएनन्। उनले बैठकको मुद्दाको बारेमा लिखित रूपमा उनलाई कुनै जानकारी नदिइएको आरोप लगाउॅदै बैठकमा बस्ने बताएका थिए।
गत ६ महिनाभन्दा धेर समयदेखि राज्यको मुख्य सूचना आयुक्तको पद खाली छ। १५ जनाले यसको निम्ति आवेदन गरेका थिए, जसमा पॉंच जनालाई उमेर कारण बताउॅंदै हटाइएको थियो। रहल १० जना मध्ये ममताले विरेन्द्र कुमारलाई ममताले मुख्य सूचना आयुक्त चयन गरेकी छन्। उनको नियुक्ति सम्बन्धित सिफारिश पत्र राज्यपाल डा. सीवी आनन्द बोसलाई पठाइएको छ। राज्यपालले हरियो झण्डा देखाएपछि विरेन्द्र कुमारले आफ्नो पद्भार सम्हाल्ने छन्।