नवौं र दशौँ श्रेणीका ८१८ शिक्षकको नोकरी अहिले रद्द गरिएको छैन

कोलकाता: नवौं र दशौँ श्रेणीका ८१८ शिक्षकको नोकरी अहिले रद्द गरिएको छैन। उक्त जानकारी स्कूल सेवा आयोग (एसएससी) ले हाईकोर्टमा दिएको हो। यी शिक्षकहरूद्वारा खण्डपीठमा लगाइएको याचिकामाथि सुनवाई भइरहेको थियो। यस अवधि एसएससीका अधिवक्ताले भने, हाईकोर्टको ओदशमा यी शिक्षकहरूको नाम प्रकाशित गरिएको हो, जसको ओएमआर शीटसॅंग छेड़छाड़ गरिएको छ। हाईकोर्टको एकल पीठले उनीहरूको नोकरी रद्द गर्ने आदेश दिएको थियो। न्यायमूर्ति विश्वजीत बसुको एकल पीठको आदेशपछि सूची जारी गरिएको छ। अहिले उनीहरूको नोकरी रद्द गर्ने अन्तिम निर्णय लिइएको छैन। उल्लेखनीय छ, न्यायमूर्ति सुब्रत तालुकदार र सुप्रतिम भट्टाचार्यको खण्डपीठमा यी शिक्षकहरूले आवेदन गरेका थिए। उनीहरूको भनाई छ, कोर्टमा मामिला चलिरहेको समय उनीहरूलाई नोकरीबाट हटाउने कुनै औचित्य छैन। यसै सन्दर्भमा हाईकोर्टले एसएससीसॅंग जवाफ मागेको थियो। एसएससीले कोर्टमा अहिले उनीहरूको नोकरी रद्द नगरिएको, तर उनीहरूको ओएमआर शीटसॅंग छेड़छाड़ भएको बताएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement