नवनियुक्त राज्यपाल लाई भव्य स्वागत

Screenshot_20230215_225600_Samsung-Internet.jpg

पाकिम: सिक्किमका नवनियुक्त राज्यपाल लक्ष्मण प्रसाद आचार्य र उनको धर्मपत्नी एलपी आचार्यलाई आज सिक्किम रम्फूमा स्वागत गरियो। राज्यपालसँग मन्त्री केएन लेप्चा, गृह विभागका अतिरिक्त मुख्य सचिव ए. सुधाकर राव तथा अन्य अधिकारीहरू पनि आएका थिए। राज्यपाललाई रम्फूको पर्यटक अतिथि गृहमा सिक्किम सरकारका मुख्य सचिव वीबी पाठक तथा अन्य वरिष्ठ अधिकारीहरूले स्वागत जनाए। राज्यपाललाई तेस्रो आईआरबीका जवानहरूले गार्ड अफ् अनर दिए। राज्यपालले भोलि १६ फरवरीको दिन सिक्किमको राज्यपालको रूपमा शपत ग्रहण गर्नेछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement