१८ फरवरीको दिन जोइन्ट एक्सन काउन्सिल (जेएसी)काे सर्वदलीय बैठक

Screenshot_20230215_224516_Samsung-Internet.jpg

गान्तोक: आगामी १८ फरवरीको दिन राजधानीमा जोइन्ट एक्सन काउन्सिल (जेएसी) ले सर्वदलीय बैठक बोलाएको छ।यस कार्यक्रममा ‘सिक्किमे’ को परिभाषामाथि व्यापक छलफल गरिने छ। यो जानकारी जेएसीले आज एक पत्रकार सम्मेलनमा दिए। सी प्रवक्ता डूकनाथ नेपालले सिक्किमेहरू अहिले घोर संकटको स्थितिमा रहेको बताए। उनले हालैमा सम्पन्न भएको विधानसभामा ‘सिक्किमे’ को हुन् भन्ने स्पष्ट रूपमा परिभाषित गरियोस् भन्ने जनताको माग थियो, तर सुनवाई नभएको बताए। उनले सिक्किमे- को परिभाषालाई परिभाषित गरिएन भने सिक्किमेहरूको अधिकारहरू सबै हराएर जानेछ भनी बताए। उनले यो समय सिक्किमका भावी सन्तानहरूको भविष्य सुरक्षा गर्ने रहेको बताए। यसैगरी, जेएसीका सल्लाहकार छितेन टाशी भोटियाले १३ जनवरीको दिन सुप्रीम कोर्टमा आएको फसेलापछि सिक्किमहरूको पहिचान संकटमा रहेको बताए। उनले सुप्रीम कोर्टको उक्त फसेलाले ‘सिक्किमे’ शब्दलाई रद्द गरिदिएको छ भनी बताए। उनले यस विषयलाई सरकारले विधानसभामा सम्बोधित गर्नु पर्ने थियो, तर नगरिएको आरोप लगाए। उनले सिक्किमे शब्दलाई पुनर्स्थापना गर्न राज्य सरकार फेल भएको बताए। उनले ‘सिक्किमे’ को परिभाषा के हो सिक्किम सरकारले जनतामा स्पष्ट गरिदिनु पर्छ भनी बताए। उनले सिक्किमे – को पहिचानलाई पुनर्स्थापना गरेर छाड्ने प्रतिबद्धता व्यक्त गरे।यसरी नै जेएसी महासचिव केशव सापकोटाले सर्वदलिय बैठकमा सबै राजनीतिक पार्टीहरूलाई निम्तो गरिने बताए। उनले निमन्त्रणा पत्रमा उक्त दिन कुनै विषयमा बोल्नु पर्ने हो भन्ने कुरा पनि स्पष्ट लेखेर पठाइने बताए। उनले पार्टीगत एजेन्डाहरूलाई पर सारेर सिक्किमको एजेन्डलाई अगाडि बढाउनु पर्ने आवश्यकता रहेको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement