अभ्युदय योजना अन्तर्गत आय सृजन योजना र वितरण कार्यक्रम

Screenshot_20230215_225149_Samsung-Internet.jpg

पाकिम: आज पाकिम जिल्लाको निम्ति प्रधानमन्त्री अनुसूचित जाति अभ्युदय योजना अन्तर्गत आय सृजन योजना र वितरण कार्यक्रम सामाजिक कल्याण विभाग, पाकिमले आयोजन गरयाे। अनुसूचित जाति समुदायका कूल १५ लाभार्थीलाई एक-एकवटा पाठा र दुई-दुईवटा पाठी प्रदान गरियो। यस योजनाको मुख्य उद्देश्य आय सृजन योजना, कौशल विकास र पूर्वाधार विकासको माध्यमद्वारा लक्षित जनसंख्याको आय बढाउन रहेको बताइएको छ। यसैगरी, लक्षित जनसंख्यामा गरीबी उन्मूलन र उनीहरूलाई गरीबी रेखामाथि ल्याउनु पनि यस योजनाको लक्ष्य रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement