पूर्व सांसद दिलकुमारी भण्डारी माथि आरोप लगाउनु दुर्भाग्यपूर्ण: जेकब खालिङ

Dil_Kumari_Bhandari.jpeg.jpg

गान्तोक: एसडीएफ पार्टीका प्रवक्ता एमके सुब्बाले पूर्व सांसद दिलकुमारी भण्डारीमाथि प्रश्न खड़ा गरेकोमा राज्यको सत्तारूढ़ दल सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले एसडीएफको यसको तीव्र प्रतिवाद जनाएको छ। एसकेएम पार्टीको पक्षबाट प्रवक्ता एवं मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङले यसबारे एक प्रेस विज्ञप्ति जारी गर्दै राजनीतिक अस्तित्व संकटसँग जुझिरहेको एसडीएफ पार्टीले केवल चर्चामा रहनुको निम्ति दिलकुमारी भण्डारी जस्ता वरिष्ठ सिक्किम स्रष्टाको विरोध गर्नु दुर्भाग्यपूर्ण रहेको बताएका छन्। हाम्रो मातृभाषा नेपालीलाई देशको संविधानको आठौं अनुसूचीमा अन्तर्भुक्त गराएर संवैधानिक मान्यता दिलाउन अहम भूमिका निर्वाह गर्ने भण्डारीमाथि एसडीएफ प्रवक्ता एमके सुब्बाले प्रश्न खड़ा गर्दै झुटा आरोपहरू लगाउनु उनको मूर्खता, अज्ञानता अनि पाखण्डीपनवाहेक केही नरहेको एसकेएम पार्टीले ठहर गरेको छ।

केवल प्रेस कन्फरेन्समा सीमित रहेको अनि जनाधार गुमाइसकेको एसडीएफ पार्टीले भण्डारीमाथि निराधार आक्षेप लगाउँदैमा उनको गरिमामा चोट नपुग्ने एसकेएम पार्टीले ठहर गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement