गोरुबथान: गोरुबथानको शिक्षाको मार्गमा एक्स वाइ जेड कोचिङ सेन्टरको भूमिका महत्वपूर्ण रहेको छ।करिब १६/१७ वषदेखि यस भेकका माध्यमिक परिक्षा दिने विद्यार्थीहरुलाई कोचिङ दिइ रहेको छ। यसवर्षको माध्यमिक परीक्षामा यस कोचिङमा शिक्षा लिने सबै विद्यार्थीहरु सफल भएको छन्।यसै वर्षदेखि यस कोचिङले उच्च माध्यमिक परीक्षाको निम्ति पनि कोचिङ शुरु गरेको छ।यसपटक उच्च माध्यमिक परीक्षाको निम्ति जम्मा २० जना विद्यार्थीहरुले कोचिङ लिएका थिए भने सबै विद्यार्थी सफल भएको छन्।ति मध्ये १३ जनाले प्रथम दर्जामा पास भएका जानकारी कोचिङका संस्थापक निकेस सुनामले दिएका छन्।उनले थप बताए यसपटक माध्यमिक परीक्षामा ६ जना प्रथम भएका छन् जसमा निकिता लिम्बुले ७१.७१ प्रतिशत प्राप्त गरेका छन्।यसै गरि उच्च माध्यमिक परिक्षामा प्रतिक्षा तामाङले ७४.६० प्रतिशत प्राप्त गरेकी छिन्।यो सबैको निम्ति उनले अन्य शिक्षकगण महेश्वर प्रधान,आशिस राई,टिङ्कु जैसवाल,कपिल विश्व र दिवाकर राईलाई धन्यबाद दिएका छन्।