पार्षद पाल्जोर लेप्चाको अगुवाईमा घर दैलो अभियान शुरु

गान्तोक: सिक्किम क्रान्तिकारी मोर्चा पार्टीका अध्यक्ष एवं मुख्यमन्त्री प्रेमसिंह तामाङको दिशानिर्देशमा शुरु गरिएको घर दैलो अभियान हाल राज्यभरि नै जारी रहेको छ। आज मंगन जिल्लाअन्तर्गत काबी-लुङचोक समष्टिको बोझोघारीका पार्षद पाल्जोर लेप्चाको अगुवाईमा रहेको टोलीले क्षेत्रवासीसँग भेट गर्दै उनीहरूको दुखेसो सुन्ने कार्य भयो। क्षेत्र विधायक एवं राज्यका वन मन्त्री कर्मा लोडे भोटियाको परामर्शमा सम्पन्न यस घर दैलो अभियानमा क्षेत्रवासीको समस्या बुझ्दै समाधानको निम्ति आवश्यक पहल गरिदिने उनीहरूले वचन दिएका छन्। यस अभियानअन्तर्गत क्षेत्रवासीले उत्कृष्ट शासन व्यवस्थाको निम्ति राज्य सरकारप्रति आभार पनि व्यक्त गरेको बताइएको छ।

About Author

Advertisement