तिमी टी बोर्डका अध्यक्ष टाशी छिरिङ भोटियाले गरे तिमी टी फ्याक्ट्री आउटलेटको उद्घाटन

IMG-20230216-WA0001.jpg

नाम्ची: राज्यको एक मात्र चिया बगान तिमीले नाम्चीको सेण्ट्रल पार्कमा तिमी टी फ्याक्ट्री आउटलेट खोलेको छ। तिमी टी बोर्डका अध्यक्ष टाशी छिरिङ भोटियाले आज यसको आधिकारिक उद्घाटन गरे।

जानकारी गराइन्छ, तिमी चिया बगानले आफ्नो प्रीमियम अर्थोडक्स ब्ल्याक टी उत्पादन गर्छ। योसँगै तिमीले आफ्नो हरियो चिया, ओलोङ टी र सेतो चिया उत्पादनमा पनि विविधता ल्याएको छ। स्वादको चिया उत्पादनमा पनि तिमी लागिपरेको छ। चियाबगानले पहिले नै लेमन टी र अदुवा चियाको उत्पादन शुरु गरिसकेको छ। तिमी चिया यसको उत्कृष्ट स्वाद, अनौठो स्वाद र सुन्तलाको रक्सीको लागि परिचित छ। तिमी चिया एण्टी इनफ्लेमेटोरी गतिविधिहरूको लागि पनि परिचित छ। तिमी चिया मुख्य रूपले जर्मी लगायत अन्य युरोपेली देशहरू, अमेरिका, युनाइटेड किङ्डम, क्यानाडा, फ्रान्स, जापान, ताइवान, थाइल्याण्ड अनि कोरिया निर्यात गरिन्छ। उत्पादनको लगभग ४० प्रतिशत खुद्रा बजारमा बिक्री गरिन्छ। खुद्रा बजार अधिकांश सिक्किम अनि पश्चिम बंगाल, दिल्ली अनि उत्तर प्रदेशका केही अंशमा आधारित रहेको छ। खुद्रा बजार विस्तार गर्न तिमी चियाले आफ्नै पसल स्थापना गर्न कदम चालेको छ। पेलिङ अनि जोरथाङमा पसल पहिले नै स्थापित छ। अहिले नाम्ची जिल्लामा खुद्रा बिक्री बढ़ाउनको लागि नाम्चीको सेन्ट्रल पार्कमा पसल खोलिएको छ, सो पसलमार्फत खुद्रा बिक्री र थोक बिक्री भइरहेको छ। अब थोक बिक्रेताहरूले चिया खरिदका लागि तिमी चिया कारखानामा जानु पर्दैन नाम्चीमास्थित पसलबाट सबै खरिद गर्न सक्नेछन्। उपभोक्ताले यी पसलहरूबाट थोरै छूट मूल्यमा ताजा चिया पनि प्राप्त गर्न सक्नेछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement