गान्तोक: विजय गुरुङलाई प्रेस क्लब अफ् सिक्किमको हिजो बसेको कार्यकारी समितिको बैठकले समितिमा कार्यकारी अध्यक्षको रुपमा चयनित गरेको छ। यो पदमा दिसम्बर २०२१ को चुनाउमा निर्वाचित भएका निलम न्यौपानेले राजीनामा दिएपछि समितिले रहल कार्यकालका लागि विजय गुरुङलाई यो पदमा चयन गरेको हो। प्रेस क्लब अफ् सिक्किमका प्रचार सचिव होमनाथ दवाडीले प्रेस विज्ञप्तिमा बताए अनुसार, समितिको बैठकले लिएको निर्णयलाई सहमति दिएपछि हिजोकै मितिदेखि विजय गुरुङ प्रेस क्लब अफ् सिक्किमका कार्यकारी अध्यक्ष बनेका छन्। अध्यक्ष शेखर खवासको अध्यक्षतामा सम्पन्न सभाले आगामी १९ फरवरी आइतवार क्लबको आम सभा राख्ने निर्णय पनि गरेको छ। यसबाहेक कार्यकारी समितिले अन्य विभिन्न विषयमा पनि छलफल गरेको बताइएको छ।