मुम्बई: आयकर विभाग (आईटी) को टीमले बुधबार बिहान राष्ट्रवादी कंग्रेस पार्टीका अध्यक्ष शरद पवारको नजिकका सहयोगी अनिरुद्ध देशपाण्डेको पुणेस्थित कार्यालयमा सर्भे कारबाही जारी राखेको छl यसका साथै आयकर विभागले पुणेस्थित अन्य ठेगानाहरूमा पनि सर्भे कारबाही गरिरहेको छ। आयकर विभागले यी ठेगानाहरूमा छापा मारेर कर्मचारीहरूको मोबाइल फोन जफ्त गर्नका साथै ल्यापटप, कम्प्यूटरसहित अन्य डिजिटल उपकरणहरूको तलासी लिरहेको छ। यो समाचार लेखुञ्जेलसम्ममा यस सन्दर्भमा विभागको तर्फबाट कुनै जानकारी दिइएको छैन।
आयकर विभागको टीमले मङ्गलबारदेखि बीबीसीको मुम्बई अनि पुणे कार्लायलमा सर्भेको कारबाही गरिरहेको छ भने बुधबार दोस्रो दिन पनि यो कारबाही जारी रह्यो। आयकर विभागले यहाँ उपस्थित सबै कर्मचारीहरूको मोबाइल फोन, ल्यापटप लिएर गएको छ। यस कारबाहीको सम्बन्धमा अहिलेसम्म कुनै आधिकारिक जानकारी दिइएको छैन। तथापि बीबीसीले आफ्नो तर्फबाट आयकर विभागलाई पूर्ण सहयोग गरिरहेको बताएको छ। अर्कोतिर विपक्षले बीबीसीमाथि आयकर विभागकोको कारबाहीलाई लोकशाहीमाथि हमला बताएको छ। यसै क्रममा शिवसेना सांसद सञ्जय राउतले भने, ‘बीबीसीमाथि कारबाही मीडियालाई तर्साउने कारबाही होl’