विभिन्न मांगलाई लिएर सिलगढीमा दार्जिलिङ जिल्ला वाम छात्र संगठनद्वारा रेली

IMG_20230215_220332.png

सिलगढी: आज सिलगढी सहरमा एउटा विरोध रेली दार्जिलिङ जिल्ला वाम छात्र संगठनले विभिन्न मांगलाई लिएर निकाल्यो। सिलगढीको महात्मा गाँधी चौकबाट संगठनका सदस्यहरूले आज रेली निकालेपछि हिलकार्ट रोड हुँदै हासमी चौक पुग्यो। यसपछि संगठनको तर्फबाट एउटा पथ सभाको आयोजना गरियो। उक्त रेलीमा राज्य सचिव सृजन भट्टाचार्य, राज्य अध्यक्ष प्रतिक उर रहमान लगायत एसएफआई का कार्यकर्ता तथा समर्थकहरू उपस्थित थिए। पथ सभाले गर्दा केही समयसम्म सडकमा जामको स्थिति देखिए तापनि पछि सडकको एक छेउ यातायातको लागि छोडिदिएर यतायात सुचारू बन्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement