सिलगढी: सिलगढी एनजेपीको सहिद कलोनी इलाकामा गत राति एकजना युवकको तिनकै घर नजिक हत्या भएको पुलिस सूत्रले जनाएको छ। मृतक युवक टिकु सरकार रहेको अनि तिनी पेशाले टोटो चालक थिए। जानकारी अनुसार गत राति लगभग १० बजे टिङ्कु सरकारको शव तिनकै घर नजिकबाट उद्धार भएको छ। स्थानीय मानिसहरूले शव देखेपछि यसबारे तिनका परिवारलाई सूचना दिए। यसपछि परिवारले दिएको जानकारी पाएर एनजेपी थाना पुलिस घटनास्थलमा पुगेर शवलाई उद्धार गरेपछि पोस्टमर्टमको लागि सिलगढी जिल्ला अस्पतालमा पठाइदिए। मृतक युवकको टाउँकोमा चोटको निशान रहेकोले गर्दा सम्भवतः टाउँकोमा कुनै गह्रौ वस्तुले हिर्काएर तनको हत्या गरेको सक्ने पुलिसले आशंका व्यक्त गरेको छ। हुन मृतककी स्वास्नीले बताए अनुसार मंगलवार राति टिकु घरमैं थिए। राति लगभग ९ बजे तिनको मोबाइलमा कल आएपछि तिनी घरबाट निक्लिएका थिए। यसको केही समय पछि नै घरबाट १०० मीटर दूरीमा लोग्नेको खूनले लतपथ लाश फेला पयो।

अर्कोतिर, एनजेपी थाना पुलिसले केही मानिसहरूलाई सोधखोजको लागि हिरासतमा लिएको छ। यसको साथै एनजेपी थाना पुलिसले मृतकको मोबाइल फोनको कल डिटेल्स अनि इलाकाको सीसीटीभी फुटेज पनि खोतली रहेको बताइएको छ। अर्कोतिर, वार्ड नम्बर ३५ को पार्षद शम्पा नन्दीले यस प्रकारको घटना पछि इलाकामा मानिसहरू आतंकित बन्न पुगेका छन्। पुलिसले चाँडै हत्यारालाई चिन्हित गरेर पक्राउ गरिनु पर्ने तिनले माग गरेका छन्।